चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
मुग्लिङ-नारायणगढ सडक खण्डमा गएराती नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलबाट २० मिटर तल खोल्सामा खसेको हो । बसमा सवार २४ जना घाइते भएको र उनीहरुको उद्धार गरी चितवन मेडिकल कलेजमा पठाइएको चितवन प्रहरीले जानकारी दिएको छ।
बसमा २८ जना सवार रहेको बुझिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने २२ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।