• २०८१ माघ २७ आइतबार

एफए कपबाट बाहिरियो चेल्सी

kharibot

काठमाडौँ । चेल्सी एफए कपबाट बाहिरिएको छ । गएराती सम्पन्न खेलमा ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएसँगै चेल्सी एफए कपबाट बाहिरिएको हो ।

ब्राइटनको जितमा जर्जिनियो रूटर र काओरु मितोमाले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल ब्राइटनका बार्ट भेरब्रुगेनले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि ब्राइटन भने एफए कपको पाँचौं चरण अर्थात राउण्ड १६ मा पुगेको छ ।

अहिलेसम्म म्यानचेस्टर युनाइटेड, मिलवाल, म्यानचेस्टर सिटी, आइपीस्विच, बोर्नमाउथ, प्रेसटन, बर्नली, कार्डिफ सिटी, फुलह्याम, न्यूक्यासल युनाइटेड र ब्राइटन एफए कपको पाँचौं चरणमा पुगेका छन् ।

आज राति चौथो चरणका खेल सकिएसँगै पाँचौं चरणको ड्र हुने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै