• २०८१ माघ २० आइतबार

तनहुँमा ग्यास बुलेट दुर्घटना, चालकको मृत्यु

kharibot

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलवारीमा शनिबार साँझ भएको ग्यास बुलेट दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको भारतीय एचआर ५५ क्यु ४७११ नम्बरको ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत विहार राज्य मिर्जापुर पठाही जिल्ला पूर्वी चम्पारण बस्ने ३६ वर्षीय भारतीय नागरिक श्रीकान्त कुमार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

ग्यास बुलेटले च्यापिएर गम्भीर घाइते उनलाई उद्धार गरी दमौली अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै