काठमाडौँ । बेलायती राजकुमार ह्यारीको नाम अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको देश निकालाको सूचीमा थपिन सक्ने बताइएको छ ।
ट्रम्पले पाँच महिनाअघि बन्द गरिएको ह्यारीको भिसा मुद्दा फेरि खोल्न आदेश दिएका छन् । यदि ह्यारी भिसा प्राप्त गर्दा गलत जानकारी दिएको पाइएमा, ट्रम्पले उनलाई देश निकाला गर्न सक्छन् । मिडिया रिपोर्टका अनुसार ट्रम्पले ह्यारीलाई आफुले डिपोर्ट भने नगर्ने स्पष्ट गरेका छन् । यस अघि ट्रम्पले ट्रम्पले ह्यारी र उनकी श्रीमती मेगन मार्कललाई कुनै पनि छुट नदिने बताएका थिए ।
मेगन अमेरिकी नागरिक हुन्, ह्यारी उनीसँगै अमेरिकामा बस्छन् ।
यो मुद्दा ह्यारीको आत्मकथा 'स्पेयर' सँग सम्बन्धित छ, जसमा उनले किशोरावस्थामा लागूपदार्थ सेवन गरेको स्वीकार गरेका थिए । अमेरिकी भिसा लिँदा ह्यारीले यो तथ्य लुकाएको बताइएको छ । यसलाई मुद्दा बनाएर, दक्षिणपन्थी संस्था हेरिटेज फाउन्डेसनले मुद्दा पुन: खोल्नको लागि निवेदन दायर गरेको थियो ।
खासगरी मेगन मर्केलले पटक पटक ट्रम्पको आलोचना गर्दै आएकी छन् भने अघिल्लो राष्ट्रपतिको निर्वाचनमा ह्यारीले ट्रम्पलाई भोट नदिन भिडियो नै जारी गरेर आग्रह गरेका थिए । गत बर्षमात्र ट्रम्पले आफुले ह्यारीलाई नबचाउने स्पष्ट रुपमा भनेका थिए ।