• २०८१ माघ २५ शुक्रबार

कप्तान कमिन्स र हजेलवुड च्याम्पियन्स ट्रफीबाट बाहिरिए, अस्ट्रेलिया संकटमा

kharibot

काठमाडौँ । अष्ट्रेलियाली कप्तान प्याट कमिन्स र तीव्र गतिका बलर जोश हेजलवुड चोटका कारण आगामी आइसीसी च्याम्पियन्स ट्रफी खेल्न नसक्ने भएका छन् ।

मिचेल मार्शको चोट र मार्कस स्टोइनिसको सन्यासपछि अस्ट्रेलियाली टोलीको लागि नराम्रो खबर आएको छ ।

मिडिया रिपोर्टका अनुसार कमिन्स र हेजलवुड गोलीगाँठो र कम्मरको समस्याका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । कमिन्स र हेजलवुड प्रतियोगिताबाट बाहिरिएको खबर स्टोइनिसले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेको दिन नै आएको हो ।

टोलीमा सन्तुलन र अनुभवको अभाव पूर्ति गर्न अस्ट्रेलियाले अब कम्तिमा दुई अलराउन्डर प्रतिभासहित चार परिवर्तन गर्नुपर्ने भएको छ । अस्ट्रेलियाले फेब्रुअरी १२ सम्म रहेको च्याम्पियन्स ट्रफीका लागि खेलाडीको अन्तिम चयन गर्नुपर्ने डेडलाइनसम्म टिम घोषणा गर्ने छ ।  

कप्तान कमिन्स घाइते भएपछि अब स्टिभ स्मिथ वा ट्राभिस हेडले अस्ट्रेलियाको कप्तानी गर्न सक्ने बताइएको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै