• २०८१ माघ २४ बिहीबार

अमेरिकापछि अर्जेन्टिना पनि डब्लुएचओबाट बाहिरिदै

kharibot

काठमाडौँ । अर्जेन्टिना विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट बाहिरिएको छ । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले धेरै मतभेदका कारण उनले आफ्नो देशलाई संयुक्त राष्ट्र संघको एजेन्सीबाट फिर्ता लिने आदेश दिएका हुन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट बाहिरिएपछि अर्जेन्टिनाले पनि सोहि बाटो रोजेको छ । डब्ल्यूएचओबाट अर्को सदस्य देशको बहिर्गमनले विश्वव्यापी स्वास्थ्यमा सहकार्यलाई अझ कमजोर बनाउने विश्लेषण गरिएको छ । यद्यपि, अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनको २०२४-२०२५ को लागि अनुमानित ६.९ अर्ब डलरको बजेटको लगभग ८० लाख अमेरिकी डलर मात्र प्रदान गर्नेछ ।

अर्जेन्टिनाको निर्णय स्वास्थ्य व्यवस्थापनमा गहिरो भिन्नतामा आधारित रहेको दाबि गरिएको छ । राष्ट्रपति मिलेईले डब्लुएचओको दिशानिर्देशहरूले मानव इतिहासको सबैभन्दा ठूलो लकडाउन निम्त्याएको आरोप लगाउदै विश्व स्वास्थ्य संगठनलाई देशहरूलाई विशेष स्वास्थ्य कार्यहरू गर्न बाध्य पार्ने कुनै अधिकार नरहेको जिकिर गरे । संस्थाको दिशानिर्देश र

सिफारिसहरूलाई प्रायः बेवास्ता गरिने बताउदै उनले यसमा कोभिड-१९ जस्ता स्वास्थ्य संकटहरू पनि समावेश रहेको बताए । यद्यपी अर्जेन्टिनाले यो कहिले देखि लागु हुन्छ भन्ने स्पष्ट गरेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै