• २०८१ माघ २४ बिहीबार

रवि लामिछानेविरुद्धको मुद्धाको थुनछेक बहस सकियो

kharibot

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको  मुद्धाको थुनछेक बहस सकिएको छ ।

चितवन जिल्ला अदालतमा मंगलबार दायर भएको यो मुद्दाको बुधबारबाट थुनछेक बहस सुरू भएकोमा आज सकिएको छ ।

पक्ष विपक्षका वकिलहरूको बहस सकिएपछि जिल्ला न्यायाधीशले मुद्दाको अन्तिम फैसला नआउँदासम्म प्रतिवादीलाई थुनामा राख्ने, कारागार पठाउने, धरौटी लिएर तारेखमा छाड्ने या साधारण तारेखमा छाड्ने भन्ने निर्णय दिने छन् । बहस सकिएका कारणले यस्तो आदेश आजै आउने सम्भावना छ ।

रवि लामिछानेविरुद्ध सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना सजाय हुनु पर्ने र साहारा सहकारीबाट गोरखा मिडियामा गएको १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ रकम लामिछानेसहित चार जनाको सामूहिक दायित्वमा हुन आउने बिगोबाट असुल गर्न माग राखेर मुद्दा दायर भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै