• २०८१ माघ २४ बिहीबार

रवि लामिछानेविरुद्धको मुद्धामा आज पनि चितवनमा थुनछेक बहस हुदै

kharibot

काठमाडौँ ।  साहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्धामा आज पनि थुनछेक बहस हुदै छ ।

जिल्ला अदालत चितवनले बुधबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाएको थियो । न्यायाधीश दयाराम ढकालको एकल इजलासले लामिछानेलाई बिहीबार १० बजे उपस्थित गराउनेगरी प्रहरीको जिम्मा लगाउन आदेश फिएको थियो । न्यायाधीश ढकालले बुधबार लामिछानेको करिब ४ घण्टा बयान लिएका थिए ।

सरकारी वकिल कार्यालयले हिजो लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो। त्यसअघि गत असोज ८ गते साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडित बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको थियो। त्यस बेलाका १७ जना र अहिले थप १५ सहित ३२ जनाविरुद्ध मुद्दा चलेको छ।

३२ जनामध्ये रवि लामिछानेसहित २० जनालाई सहकारी गठीसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । एउटै संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जिवी) राई र अर्का सञ्चालक रहेका पूर्वडिआइजी छविलाल जोशीलाई भने ठगीमा मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध (निवारण) ऐन २०७० दुवै कसुरमा मुद्दा चलाएको छ । प्रहरीले लामिछानेलाई संगठित अपराधमा मुद्दा चलाउने भन्दै जिल्ला अदालतबाट म्याद थपको दाबी गरेको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै