• २०८१ माघ २३ बुधबार

महिला त्रिकोणात्मक टी- २० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

kharibot

काठमाडौँ । जारी महिला त्रिकोणात्मक टी- २० सिरिज अन्तर्गत आज नेपाल र नेदरल्याण्डसबीच खेल हुदै छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेलमा अपराहन्न सवा १२ बजेदेखि शुरु हुने छ । 

जारी सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेर उपाधिको दौडबाट बाहिरिएको छ । नेपालले यस अघि नेदरल्याण्डस र थाइल्याण्डसँग खेलेका २-२ खेलमा नै हार बेहोरेको हो । त्यस्तै नेदरल्याण्डसले भने अहिलेसम्म खेलेका ४ खेलमा नेपालविरुद्धका २ खेल जितेको छ ।       

३-३ खेलको राउण्ड रोबिनका आधारमा जारी रहेको यस सिरिजमा ६ फेब्रुअरीमा नेदरल्याण्डस र थाइल्याण्ड तथा ७ फेब्रुअरीमा नेपाल र थाइल्याण्डबीच खेल हुने क्यानले जानकारी दिएको छ ।               

क्यानले यस सिरिजका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ ।  नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सित राना मगर, पुजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिशा के यादव, रोमा थापा, मनिष उपाध्याय र इश्वरी विष्ट रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै