• २०८१ माघ २२ मंगलबार

बेलायतका राजकुमार एडवार्ड काठमाडौँमा

kharibot

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड श्रीमतीसहित काठमाडौँ आइपुगेका छन् । राजकुमार र राजकुमारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहितका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए । 

उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई-बुहारी हुन् । उनीहरू दुवैजना छुट्टाछुटै विमानमार्फत काठमाडौँ आइपुगेका हुन् । भारत भ्रमणमा रहेका राजकुमार एडवार्ड दिल्लीबाट सिधै काठमाडौँ आएका हुन् भने राजकुमारी सोफिया लन्डनबाट काठमाडौं आएकी हुन् ।

नेपाल भ्रमणका क्रममा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।

बेलायती राजपरिवारको वेभ साइटमा उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्न लागेको जानकारी गत १४ जनवरीमा दिइएको थियो । राजकुमार एडवार्ड र उनको टोली माघ २७ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै