काठमाडौँ । बेलायतले सिरियालीलाई शरण नदिने भएको छ ।
सिरियाका अधिकांश भाग र राजधानीलगायत ठूला सहरहरू अहिले जिहादी विद्रोहीको कब्जा गरेपछि भागेर राष्ट्रपति बसर अल असद देश छोडेर रुस पुगेपछि बेलायतले सिरियालीलाई शरण नदिने निर्णय गरेको छ । यसले सिरियाबाट शरण खोज्नेहरूलाई स्तब्ध बनाएको छ । प्रधानमन्त्री केयर स्टाररले सिरियामा शान्ति र स्थिरताका लागि आह्वान गरेका छन् ।
बेलायतको गृह कार्यालयले जर्मनी, ग्रीस र अस्ट्रियाले हजारौं सिरियाली शरणार्थीहरूको लागि शरण आवेदनहरू रोकेपछि मुद्दाहरूको समीक्षा गर्ने बताएको छ । गृह मन्त्रालयले हालको अवस्थाको मूल्याङ्कन नगरेसम्म सिरियालीहरूलाई शरण दिन रोक लगाएको बताएको छ ।
स्टारमरले यस हप्ता मध्य पूर्वको भ्रमणमा साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) को नेतृत्वसँग वार्ता गर्दा सिरियामा कमजोर र विस्थापित मानिसहरूलाई मानवीय सहायताको लागि ११ मिलियन पाउण्ड दिने वाचा गरेका थिए ।
साथै प्रधानमन्त्री स्टारमरले सिरियामा असद सरकारको पतनको स्वागत गरेका थिए । उनले असदको क्रूर शासनमा सिरियाली जनताले लामो समयदेखि पीडा भोग्दै आएको भन्दै उनले स्वागत गरेका थिए ।
यसैबीच विदेश सचिव डेभिड लाम्मीले हाउस अफ कमन्समा बयान दोहोर्याए, जसमा उनले असदलाई तानाशाहको रूपमा वर्णन गरेका थिए । उनले बेलायतले हयात तहरीर अल-शाम (एचटीएस) को गतिविधिहरू नजिकबाट निगरानी गरिरहेको बताएका थिए ।