• २०८१ माघ १५ मंगलबार

अमेरिकाको कडा प्रतिबन्धपछि अडानबाट पछि हट्यो कोलम्बिया

kharibot

काठमाडौँ । दक्षिण अमेरिकी देश कोलम्बियाले अमेरिकाको प्रतिबन्ध लगाउने घोषणा पछि आप्रवासी बोकेका विमान अवतरण गर्न दिने भएको छ ।

ह्वाइटहाउसले विज्ञप्ति जारी गर्दै कोलम्बियाले अमेरिकाले पठाउन आप्रवासी बोकेको विमान अवतरण गर्न स्वीकृति दिने सहमति भएको जनाएको हो ।

यसअघि अमेरिकाले पठाएका अवैध आप्रवासी बोकेका विमानलाई अवतरण गर्न अनुमति नदिएपछि आक्रोशित राष्ट्रपति दोनाल्दो ट्रम्पले कोलम्बियाविरुद्ध शुल्क, भिसा प्रतिबन्ध र अन्य प्रतिशोधात्मक प्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।
सहमति पछि अमेरिकाले यस अघि घोषणा गरिएका सबै प्रतिबन्ध होल्डमा राखिएको ह्वाइटहाउसले जनाएको छ ।

अमेरिकाको प्रतिबन्धपछि कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले ट्रम्प प्रशासनले आप्रवासीहरूलाई सम्मान गर्ने प्रोटोकल नबनाएसम्म संयुक्त राज्य अमेरिकाबाट निर्वासित आप्रवासीहरू बोकेका उडानहरू आफ्नो सरकारले स्वीकार नगर्ने बताएका थिए ।  पेट्रोले आप्रवासीहरू अपराधी होइनन् भन्दै उनीहरूलाई त्यही सम्मानका साथ व्यवहार गरिनुपर्ने बताएका थिए । 

तर अमेरिकाको कडा प्रतिबन्धपछि उनी आफ्नो अडानबाट पछि हट्दै अमेरिकाले फिर्ता पठाएका आप्रवासीलाई स्वीकार गर्ने भएका छन् । 

चुनावी वाचा पूरा गर्न डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिकी सरकारले सीमाको सुरक्षा र निर्वासनमा सहयोग गर्न सक्रिय सैन्य बल प्रयोग गरिरहेको छ । वायुसेनाको दुईवटा सी-१७ कार्गो विमान शुक्रबार बिहान ग्वाटेमाला आइपुगेका छन् । यसबाहेक, १९३ जना आप्रवासीलाई पनि दुई विमानमा होन्डुरस पठाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै