काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा पुनः राजेन्द्र तामाङ नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई सोमबार तेस्रो कार्यकालका लागि नियुक्ती दिएको हो । यस्तै एन्फाले बिन्दा देवानलाई टिम मेनेजर नियुक्त गरेको छ ।
साफ च्याम्पियनसिप २०२४ को फाइनलमा गत कार्तिक १४ गते बंगलादेशसँग पराजित भएसँगै राजेन्द्रले टोली छाडेको घोषणा गरेका थिए । तर, तीन महिना पछि नै एन्फाले पुनः उनलाई जिम्मेवारीमा पुनरागमन गराएको हो ।
अब उनको प्रशिक्षणमा नेपाली राष्ट्रिय महिला टोलीले फागुन ४ गतेदेखि १५ गतेसम्म घरेलु मैदानमा हुने फोर नेसन्स कप खेल्ने छ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारले सहभागिता जनाउने छन् ।