• २०८१ माघ १३ आइतबार

भारत र अस्ट्रेलियाका खेलाडी बिना आइसीसीको २०२४ को एकदिवसीय टिम

kharibot

काठमाडौँ । आइसीसीले २०२४ को एकदिवसीय क्रिकेटको उत्कृष्ट टिमको घोषणा गरेको छ ।

आइसीसीको २०२४ को उत्कृष्ट एकदिवसीय टोलीमा कुनै पनि भारतीय र अस्ट्रेलियाका खेलाडीले स्थान पाएका छैनन् । शुक्रबार, आईसीसीले सार्बजनिक गरेको एकदिवसीय टिममा श्रीलंकाका चारिथ अस्लांकालाई कप्तानीको जिम्मेवारी दिइएको छ । यस टिममा विश्व च्याम्पियन अस्ट्रेलियाका कुनै पनि खेलाडी छैनन् । अझ अर्को अर्थमा भन्ने हो भने २०२३ को एकदिवसीय विश्वकप फाइनल खेल्ने दुई टोलीका कुनै पनि खेलाडीले टिममा स्थान बनाउन असफल भएका छन् ।

आईसीसीको २०२४ को एकदिवसीय टोलीमा श्रीलंकाका सबैभन्दा धेरै चार खेलाडी छन् । साथै, यस टोलीमा पाकिस्तान र अफगानिस्तानका तीन-तीन खेलाडीहरू समावेश गरिएका छन् । यस टोलीमा वेस्ट इन्डिजका एक जना मात्र खेलाडी छन् । आईसीसी टोलीमा एसियाको प्रभुत्व देखिन्छ । ११ खेलाडीमध्ये दस जना एसियाली छन् भने शेर्फेन रदरफोर्ड एक मात्र बाहिरी खेलाडी रहेका छन् । 

२०२४ को लागि आईसीसी पुरुष एकदिवसीय टोली: चारिथ असलंका (कप्तान) (श्रीलंका), साम अयुब (पाकिस्तान), रहमानउल्लाह गुरबाज (अफगानिस्तान), पथुम निस्सांका (श्रीलंका), कुसल मेन्डिस (विकेटकिपर) (श्रीलंका), शेर्फेन रदरफोर्ड (वेस्ट इन्डिज), अज्मतुल्लाह ओमारजाई (अफगानिस्तान), वानिन्दु हसरंगा (श्रीलंका), शाहीन शाह अफ्रिदी (पाकिस्तान), हरिस राउफ (पाकिस्तान) र एएम गजनफर (अफगानिस्तान) ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै