काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । मंगलबार दिउँसो ४ बजेका लागि एमालेले सचिवालय बैठक बोलाएको हो ।
सचिवालय बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुनेछ । बैठकमा गौतमलाई एमालेमा दिइने जिम्मेवारीको बारेमा छलफल हुने बुझिएको छ । यस अघि एकीकृत समाजवादीमा जान तयार रहेका गौतमसँग प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेपछि उनी एमालेमै फर्किन तयार भएको बताएका छन् ।