• २०८१ पौष २० शनिबार

वामदेव गौतमले भने- माधव जी र म एकजुट हुने भइयो

kharibot

काठमाडौं । वामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने निश्चित भएको छ । 

पार्टी प्रवेशका लागि बिभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज एकीकृत समाजवादीका शिर्ष नेतासँग भएको छलफल सकारात्मक भएको  जनाएका छन । बैठकपछि प्रतिक्रिया दिदै उनले भने- ‘माधव जी र म एकजुट हुने भइयो नि त ।'

उनले कार्यकारी राष्ट्रपति, अभिब्यक्ति स्वतन्त्रता र केन्द्रिय समितिका सदस्यहरू पुर्णकालिन हुनु पर्ने लगायतका सर्त राखेर बार्तामा बसेका थिए । यद्दपी, उनका सर्त पुरा भए वा भएनन भन्ने स्पष्ट भएको छैन । 

नेता गौतम एकीकृत समाजवादीमा वरिष्ठ नेता बनेर तेस्रो वरियताको नेता बन्दै प्रवेश गर्ने अन्तिम तयारीमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै