काठमाडौँ । डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।
ट्रम्पलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ गराएका हुन् । ट्रम्पले व्यक्तिगत बाइबल तथा अब्राहम लिंकनको बाइबलमाथि हात राखेर शपथ लिएका थिए । लिंकनले १८६१ मा आफ्नो शपथ ग्रहण समारोहमा बाइबल प्रयोग गरेका थिए ।
ट्रम्प यसअघि २०१६ देखि २०२० सम्म अमेरिकाको ४५औं राष्ट्रपति बनेका थिए ।
त्यस्तै उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्सले पनि आफ्नी हजुरआमाको पारिवारिक बाइबल प्रयोग गरेर पदको शपथ लिएका छन् ।
शपथ ग्रहण समारोहमा पुर्व राष्ट्रपतिहरुसहित अमेरिका प्रमुख राजनीतिज्ञ, उद्योगी व्यवसायीसहित विभिन्न देशका प्रतिनिधिहरु सहभागी थिए ।
यस पटकको शपथग्रहण कार्यक्रम ४० बर्षमा पहिलो पटक संसद भित्र भएको छ । शपथ समारोह कडा चिसोका कारण खुला ठाउँमा नगरेर अमेरिकी क्यापिटल हिल (संसद) भित्रको रोटुण्डा हलमा भएको हो ।