• २०८१ माघ ६ आइतबार

वामदेव गौतमलाई ओलीले फकाए, एमालेमा फर्किन तयार

kharibot

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेमै  फर्किने भएका छन् ।

शुक्रबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका गौतमले आज बिहान ओलीसँग फोन संवाद गरेपछि एमालेमै फर्किन लागेको बताएका छन् ।

एमालेमा फर्कन दुई वर्षदेखि प्रयास गरिरहेको र अहिले ओलीले बोलाएपछि आफू जान तयार भएको गौतमले बताएका छन् । गौतमको एमालेमा प्रवेश छिट्टै हुने बताइएको छ । 

केही दिनअघि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्ने गरी पनि छलफल भएको थियो । उनलाई वरिष्ठ नेता बनाएर तेस्रो वरियता दिने भनिएको भएपनि जिम्मेवारीबारे कुरा नमिल्दा उनको एकीकृत समाजवादीमा प्रवेश रोकिएको थियो ।

वामदेव एमालेमा फर्किने भएपछि उनी नेतृत्वको अभियानका उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्य वामदेवबाट अलगिएको घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनीहरुले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेका हुन् ।

अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज थिए । त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवको साथ छाडेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै