• २०८१ माघ ८ मंगलबार

आन्दोलन गर्न गाग्री लिएर काठमाडौँ आइपुगे हर्क साम्पाङ

kharibot

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘थोत्रो गाग्री’ लिएर काठमाडौँ आइपुगेका छन् । सोमबार दिउँसो साम्पाङ गाग्रीसहित काठमाडौँ पुगेका हुन् । 

धरानको खानेपानी समस्या समाधानको माग गर्दै हर्कले पुरानो गाग्री बोकेर काठमाडौँ आएको र सो गाग्री अगाडी राखेर आन्दोलन गर्ने बताएका छन् ।

बिहान काठमाडौँ हिँड्नुअघि फेसबुकमा साम्पाङले लेखेका छन्,‘आन्दोलन थोत्रे गाग्री, आज काठमाडौँ जाँदै छु । जनतालाई दीर्घकालीन खानेपानी व्यवस्था गर्न सक्नुपर्छ सरकारमा !’

काठमाडौं विमानस्थल पुगेपछि साम्पाङले धराने जनतालाई पानी चाहिएको बताउँदै त्यसमा संघीय र प्रदेश सरकारले पटकपटक ढाँटेको बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै