• २०८१ पौष ६ शनिबार

हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी

kharibot

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध प्रहरीमा उजुरी परेको छ ।

पत्रकारहरुलाई समाजिक सञ्जालमार्फत धम्की दिएको भन्दै साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो । नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले साम्पाङविरुद्ध उजुरी दिएका हुन् ।उनीहरुले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गरेका छन् ।

आफ्नो विरुद्धमा लेखिएको समाचारलाई लिएर साम्पाङले पत्रकार सम्मेलन गर्दै अनेक आलोचना गरेका थिए । उनले आफू धरानको जनप्रतिनिधि रहेको बताउँदै राज्यको कानुनसमेत नमान्ने बताएका थिए । साथै, उनले आफ्नो विरुद्ध लेख्ने पत्रकारहरुलाई गालीगलौजसमेत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै