• २०८१ माघ १५ मंगलबार

मन्त्रीहरुसँग प्रगति विवरण लिदै कांग्रेस सभापति देउवा

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् ।

बिहीबार बिहान निजी निवास बुढानीलकण्ठमा बोलाएर सभापति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् ।

हालसम्म तीन जना मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको र अन्य मन्त्रीहरुले प्रगति बारे जानकारी गराइरहेको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिएका छन् ।

उनले मन्त्रालयले सोचेअनुसारको काममा तिब्रता दिन नसकेको उल्लेख गरे । छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरूले सुझाव दिएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरूको उपस्थिति भएको छ । त्यसमा नेपाली कांग्रेसको तर्फबाट आफूले सम्हालेको मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरूले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिइरहनुभएको छ । के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भइरहेको छ । अहिलेसम्म तीन वटा मन्त्रालयको विस्तृत जानकारी दिइएको छ । आफ्नो मन्त्रालयको ब्रिफिङ भइरहेको छ । उहाँहरूले सुझाव पनि दिनुभएको छ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै