काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार दिउँसो १ बजे बस्ने गरि संसदीय दलको बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।
संसद्को हिउँदे अधिवेशनमा पार्टीको तर्फबाट सदनमा खेल्नुपर्ने भूमिका, त्यसको तयारी, कानुन निर्माण लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादीले जनाएको छ ।
संसद्को हिउँदे अधिवेशन माघ १८ गते शुक्रबारदेखि बस्ने गरि आव्हान गरिएको छ ।