• २०८१ पौष २९ सोमबार

च्याम्पियन्स ट्रफी खेल्ने बंगलादेशको टिम घोषणा, टिममा परेनन् शकिब र लिटन

kharibot

काठमाडौँ । बंगलादेशले आइसीसी च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेशले पूर्व कप्तान शकिब अल हसन र लिटन दासलाई टिममा समावेश गरेको छैन । अलराउन्डर अफिफ हुसेन, तेज बलर शोरिफुल इस्लाम र हसन महमूदले पनि टोलीमा स्थान पाउन असफल भएका छन् ।

अवैध बलिङ एक्सनका कारण ३७ वर्षीय शकिब अल हसनलाई अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटमा बलिङ गर्नबाट निलम्बन गरिएको छ । उनी गत महिना इङ्गल्याण्डको लफबरो विश्वविद्यालयमा आफ्नो बलिङ एक्सनको परीक्षणमा असफल भएका थिए र हालै चेन्नईमा गरिएको दोस्रो स्वतन्त्र परीक्षणमा पनि उनको बलिङ एक्सन राम्रो नभएपछि उनी च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन् ।

शकिब अल हसन आफ्नो करियरको अन्तिम चरणमा छन् । च्याम्पियन्स ट्रफीको लागि टोलीमा छनोट नभएका कारण उनको एकदिवसीय करियर पनि समाप्त हुन सक्ने बताइएको छ । शकिबले गत वर्ष सेप्टेम्बरमा कानपुरमा टेस्ट र टी-२० क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । टेस्ट र टी-२० क्रिकेटबाट सन्यास लिएका शकिबको गत सेप्टेम्बरमा काउन्टी च्याम्पियनसिपमा सरेबाट खेल्दा शंकास्पद बलिङ एक्सनको रिपोर्ट गरिएको थियो ।

काउन्टी क्रिकेट खेलमा, फिल्ड अम्पायरले उनको बलिङ एक्सनमाथि प्रश्न उठाएका थिए । शकिब बाहेक अनुभवी विकेटकिपर-ब्याट्सम्यान लिटन दासलाई पनि टोलीमा समावेश गरिएको छैन। खराब प्रदर्शनका कारण उनलाई बाहिर राखिएको छ । लिटनले पछिल्ला १३ एकदिवसीय इनिङमा एउटा पनि अर्धशतक बनाउन सकेनन् । उनले अन्तिम पटक अक्टोबर २०२३ मा पुणेमा भारत विरुद्ध ५० भन्दा बढी रन बनाएका थिए ।

च्याम्पियन्स ट्रफी फेब्रुअरी १९ बाट सुरु हुँदैछ । बंगलादेश टोलीले आफ्नो पहिलो खेल फेब्रुअरी २० मा भारतीय टोलीसँग खेल्नेछ । टोलीले फेब्रुअरी २० मा न्युजिल्याण्ड र फेब्रुअरी २७ मा पाकिस्तानसँग खेल खेल्नेछ ।

टोलीको नेतृत्व नाजमुल हुसेन शान्तोले गर्नेछन्, जो चोटका कारण बाहिर रहेपछि टोलीमा पुनरागमन गर्दैछन् । नजमुलसँगै अनुभवी मुशफिकुर रहिम, मुस्ताफिजुर रहमान र शीर्ष अर्डरका ब्याट्सम्यान तौहिद हृदया पनि टोलीमा फर्किएका छन् ।

बंगलादेश टोली

नजमुल हुसेन शान्तो (कप्तान), मुशफिकुर रहिम (विकेटकिपर), तौहिद हृदय, सौम्य सरकार, तन्जिद हसन, महमुदुल्लाह, जाकर अली, मेहदी हसन मिराज, रिशाद हुसेन, तस्किन अहमद, मुस्ताफिजुर रहमान, परवेज हुसेन, नसुम अहमद, तन्जिम हसन र नाहिद राणा ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै