• २०८१ पौष २८ आइतबार

काठमाडौँ महानगरद्वारा भ्यू-टावरको नक्सापास प्रक्रिया निष्क्रिय

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौँ भ्यू-टावरको नक्सापास प्रक्रिया निष्क्रिय गर्ने निर्णय गरेको छ।

महानगरले सूचना जारी गर्दै जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लि.ले निर्माण गर्दै गरेको भ्यू टावरको नक्सापास निष्क्रिय गरिएको बताएका हो ।

महानगरले सूचनामा भनेको छ-

'काठमाडौं महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लि. बीच मिति २०७१/११/२२ मा काठमाडौं महानगरपालिका वडा नं. २८ पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माणका लागि सम्झौता भएको र उक्त प्रा.लि. बाट निर्माण हुँदै गरेको काठमाडौ भ्युटावर भवनको नक्सा पासको सम्बन्धमा छानबिन समिति गठन भई छानबिनको कार्य भइरहेको हुँदा छानबिन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको व्यहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ ।'

महानगरले यसअघि उक्त भ्यू–टावरको नक्सा पास प्रक्रियामा अस्वभविक चलखेल गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै