• २०८१ पौष २९ सोमबार

सिंचाइका तत्कालिन इन्जिनियरविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्धा दायर

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध सम्पत्ति आर्जन गरेको आरोपमा जलश्रोत तथा सिंचाइ विभाग वा अन्तर्गतका बिभिन्न कार्यालयहरुमा कार्यरत तत्कालीन इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले श्रेष्ठले ४ करोड ८८ लाख ३० हजार गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाउदै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको हो । 

अख्तियारले उनले लामो समय सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरुबाट ठेकेदारहरुसँग मिलेमतो गरी कमिसन लिई काठमाडौं, ललितपुर लगायत बिभिन्न स्थानहरूमा घर घडेरी जग्गाहरु, गाडी खरिद तथा बिभिन्न कम्पनीका शेयर तथा कम्पनीमा लगानी गरेको र बिभिन्न व्यक्तिहरुको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाई स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनको लागि मात्र निजकी पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै