• २०८१ पौष १७ बुधबार

राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाई तीन लाख घुस रकमसहित पक्राउ

kharibot

काठमाडौँ । राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई तीन लाख घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्रसाईले पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग तीन लाख घुस लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट आइतबार पक्राउ गरेको जानकारी दिएको छ । अख्तियारले प्रसाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै