• २०८१ पौष २८ आइतबार

कस्तो छ आज सात प्रदेशमा मौसम पूर्वानुमान ?

kharibot

काठमाडौँ । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

हाल कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज कोशी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ भने पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेशमा साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी बागमती प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै गण्डकी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसै गरि कर्णाली प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराइ क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै