काठमाडौँ । रुसको तेल ट्याङ्कर जर्मन क्षेत्रीय समुन्द्रमा अड्किएको छ । जर्मनीले यो ट्याङ्कर रुसको 'छायाँ फ्लीट' को हिस्सा भएको दाबी गरेको छ ।
'छायाँ फ्लीट' प्रतिबन्धबाट बच्न प्रयोग गरिने जहाज भएको जर्मनीको दाबि छ । यी जहाजहरुको माध्यमबाट रुसले प्रतिबन्धका बाबजुद तेल व्यापार गरिरहेको छ ।
जर्मनीले इभेन्टाइन भनेर चिनिने पानामा झण्डा भएको जहाजले शक्ति र स्टेरिङ क्षमता गुमाएपछि समुन्द्रमा अड्किएको बताएको छ । यसपछि, जहाजको सुरक्षाको लागि टगबोटहरू तैनाथ गरिएको थियो ।
जर्मन विदेशमन्त्री अन्नालेना बेरबकले यसको लागि रुसलाई दोष दिएकी छिन् । उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रतिबन्धको अवज्ञा गर्दै 'लापरवाह रूपमा खिया लागेका ट्याङ्करहरू बेडाहरूमा तैनाथ गरेर' युरोपेली सुरक्षालाई खतरामा पारेको आरोप लगाए ।
यद्यपि, रुसले 'स्याडो फ्लीट' प्रयोग गरेको आरोपको जवाफ दिन पहिले नै अस्वीकार गरिसकेको छ । यस घटनाबारे रुसले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
आफ्नो पहिलो प्रतिवेदनमा, सिसीएमइले जहाज २७४ मिटर (८९८ फिट) लामो र ४८ मिटर (१५७ फिट) चौडा रहेको र लगभग ९९ हजार टन तेल बोकेको बताएको छ ।
जर्मन अधिकारीहरूले तेल ट्याङ्कर जर्मन टापु रुगेनको उत्तरमा बाल्टिक सागरको तटीय पानीमा बिस्तारै बगिरहेको थियो । २०२२ मा युक्रेनमा रूसको आक्रमणपछि, अमेरिका, बेलायत र युरोपेली संघले रूसको तेल उद्योगमा कडा प्रतिबन्ध लगाएका छन् ।