काठमाडौं । मनाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । जिल्लाको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ७ बजेर ३७ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको धक्का मनाङ आसपासका जिल्लामा समेत महसुस गरिएको छ । यसअघि बुधबार मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने यही स्थानलाई केन्द्र बनाएर मंगलबार पनि ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।