काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुवेर कडायत र रवीन्द्र केसी बढुवा सिफारिस भएका छन्।
बुधबार बसेको बढुवा समितिको बैठकले दुई जनालाई बढुवा गर्न सिफारिस गरेको हो ।
कडायत प्रहरी प्रधान कार्यालयमा कार्यरत् थिए भने केसी प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए ।