• २०८१ पौष २३ मंगलबार

दर्शकको मृत्युपछि प्युठानमा जारी भित्रिकोट महोत्सव स्थगित

kharibot

काठमाडौं । प्युठानमा जारी प्रथम भित्रिकोट महोत्सव-०८१ स्थगित भएको छ । 

सोमबार महोत्सव हेर्न आएका एक जनाको असामयीक निधन भएपछि नगरपालिकाले मेला स्थगित गरिदिएको हो ।

मेलामा प्यूठान नगरपालिका वडा नम्बर १ विजुवारका ६० वर्षीय कमल नेपाली अचेत भएका थिए । सोमबार मेला हेर्दाहेर्दै बेहोस भएका नेपालीको उपचारको क्रममा साँझ निधन भएको प्यूठान प्रहरीले जनाएको छ । 

महोत्सव आयोजकले सुरक्षा व्यवस्थालाई ध्यान नदिएको र जनताको जिउ धनको असुरक्षा भएको जनगुनासो बढेपछि महोत्सव स्थगित गरिएको हो ।

मंगलबार प्यूठान नगरपालिकाका मेयर विष्णुबहादुर योगीले एक विज्ञप्ति जारी गर्दै महोत्सव सञ्चालको लागि दिएको अनुमति रद्द गरिएको जानकारी दिएका छन् ।

मेला हेर्न आएका दर्शकको निधनप्रति प्यूठानबाट निर्वाचित संघीय सांसद सूर्य थापाले पनि प्रश्न उठाएका छन् । उनले शान्ति सुरक्षाको व्यवस्था गर्ने जिम्मेवारी नगरपालिका र जिल्ला प्रशासन कार्यालय कसको हो भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन् ‘भित्रीकोट प्युठान महोत्सवमा शान्तिसुरक्षा कायम गर्ने प्युठान नगरपालिका वा प्रशासन वा सुरक्षा निकाय कसको जिम्मेवारी हो ?’।

नगरपालिकाको विज्ञप्ति: 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय