• २०८१ पौष २१ आइतबार

सरकारलाई असफल हुने छुट छैन- शंकर पोखरेल

kharibot

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिस्थिति परिपक्व नभएसम्म संविधान संशोधन काम अघि नबढ्ने प्रष्ट पारेका छन् ।

एमाले दाङ जिल्ला कमिटी, प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको नेपाल पत्रकार महासंघमा निर्वाचित कार्य समितिलाई सम्मान तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सबैको सर्वदलीय सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताएका हुन् ।

संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने पोखरेलको भनाइ छ । ‘संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कांग्रेस–एमालेको तयारी सुरु भएको छ’, महासचिव पोखरेलले भने ‘संविधान संशोधनको मुद्दा झिकेर अस्थिरता पैदा गर्ने खेल हुन सक्छ । परिस्थिति परिपक्व नहुँदासम्म संविधान संशोधनको काम अघि बढ्न सक्दैन’ उनले भने ।

सरकारमा सहभागी दुई प्रमुख दल कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताउँदै पोख्रेलले निरासा चिर्दै समृद्ध मुलुक निर्माणको सङ्कल्प पुरा गर्ने दिशामा सरकार लागिपरेको स्पष्ट पारेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै