काठमाडौँ । राज्य व्यवस्था समितिको बैठकमा एमाले सांसदले शेरा दरबारको बारेमा जानकारी गराउनुपर्ने माग गरेका छन् ।
बिहीबार बसेको समितिको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबार र त्यसले चर्चेको जग्गाबारे गृहमन्त्रीसँग जानकारी मागेका हुन् ।
त्यसो त बिहीबार राज्य व्यवस्था समितिको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन् । बैठकमा प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोल्न लागेपछि सरकार ढालिएको आरोप लगाएका थिए । प्रचण्डको आरोपको प्रतिवाद गर्दै कांग्रेस महामन्त्री गगन थापाले भ्रष्टाचारको फाइलको कुरा गरेर तर्साउन छोडनुपर्ने धारणा राखेका थिए ।
आज राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमा छलफल हुँदै छ ।