• २०८१ पौष २० शनिबार

दक्षिण कोरियामा विमान दुर्घटनामा १७९ जनाको मृत्यु, २ जनाको सकुशल उद्धार

kharibot

काठमाडौँ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा मृत्यु १७९ जनाको मृत्यु भएको छ । १८१ जना सवार यस विमान १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए ।

दक्षिण कोरियाको दमकल विभागका अनुसार यस दुर्घटनामा कम्तीमा १७९ जनाको मृत्यु भएको छ । दुई जनालाई विमानको पछाडिको भागबाट सकुशल उद्धार गरेर अस्पताल पुर्याइएको मिडिया रिपोर्टमा उल्लेख छ । जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका थिए ।

मुआन दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर टाढा छ। दक्षिण कोरियाको विमान उद्योग सुरक्षाको हिसाबले राम्रो मानिन्छ। विमान चरा ठोक्किएर र खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

विमान अवतरण गर्न खोज्दा एयर ट्राफिक कन्ट्रोलले विमानस्थल नजिक चराहरू रहेको र हावामै बस्न चेतावनी दिएको बताइएको छ ।

त्यसको दुई मिनेटपछि पाइलटले ‘मे डे’ (इमर्जेन्सी) चेतावनी दिएपछि एयर ट्राफिक कन्ट्रोलले उनलाई विपरित तर्फ अवतरण गर्न अनुमति दिएको थियो । समाचार एजेन्सी योनहापका अनुसार दुर्घटनाको कारण चरासँग विमान ठोक्किएको देखिएको छ ।

यातायात विभागका अनुसार विमानका हेड पाइलटले सन् २०१९ देखि नै यो भूमिकामा काम गर्दै आएका थिए र ९ हजार ८ सय घण्टा उडानको अनुभव लिएका थिए ।

विमान दुर्घटनापछि दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ सांग मोकले एक साताको देशव्यापी शोकको घोषणा गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै