• २०८१ पौष २२ सोमबार

अखिल क्रान्तिकारीमा उमेर हद बारे मतदान, पक्षमा नतिजा आएपछि गणना स्थगित

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) मा उमेर हद लाउने कि नलगाउने भन्ने विषयमा भएको मतदानको मतगणना स्थगित भएको छ ।

शनिबार भएको मतदानमा करिव १८ सय मत खसेको अनुमान गरिएको छ । शनिबार ७७ भौगोलिक र अरू गैरभौगोलिक गरी ८६ जिल्लामा निर्वाचन भएको थियो । साँझ ७ बजेसम्म सबै जिल्लाबाट परिणाम आएको थियो । परिणामअनुसार ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा ९१७ र विपक्षमा ८८४ मत आएको थियो । तर निर्वाचन समितिले भने मतगणना स्थगित गर्दै छलफल गरिरहेको बताइएको छ ।

क्रान्तिकारीको अध्यक्षका लागि दाबी गरिरहेका नेताहरु उमेर हद लागू भए कोही पनि पदाधिकारी बन्न नपाउने भएपछि मतगणना स्थगित गरेको आरोप लगाइएको छ । 

गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन उमेर हदको विषयमा विवाद चर्किँदा नेतृत्व चयन नगरी स्थगित गरिएको थियो । राष्ट्रिय सम्मेलनमा ३२ वर्षे उमेर हद लागू हुनुपर्ने विषय उठेको थियो ।

त्यसमा सहमति नजुटेपछि मंसिर २३ गते नेतृत्व चुन्ने भन्दै सम्मेलन स्थगित गरिए पनि विवादका कारण रोकिएको थियो । अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न पुस १७ मा निर्वाचन हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै