• २०८१ पौष १७ बुधबार

रियल म्याड्रिडले आफ्नो स्टेडियम सान्टियागो बर्नाबेउको नाम परिवर्तन गर्ने

kharibot

काठमाडौँ । स्पेनिस फुटबल महारथी रियल म्याड्रिडले लगभग ७० वर्षमा पहिलो पटक आफ्नो प्रतिष्ठित सान्टियागो बर्नाबेउ स्टेडियमको नाम परिवर्तन गर्ने भएको छ ।

मार्काका रिपोर्टका अनुसार म्याड्रिडले आफ्नो प्रतिष्ठित मैदानको नाम सान्टियागो बर्नाबेउबाट बदलेर द बर्नाबेउ राख्न खोजिरहेको छ । व्यापारिक र मार्केटिङ कारणले स्टेडियमको नाम परिवर्तन गर्न लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

रियल म्याड्रिडले जनवरी ४, १९५५ मा आफ्नो स्टेडियमको नाम सान्टियागो बर्नाबेउ राखेको थियो । जुन क्लबका पूर्व खेलाडी, प्रबन्धक र अध्यक्षलाई सम्मान गर्न प्रयोग गरिएको थियो । त्यसपछि यो संसारको सबैभन्दा प्रसिद्ध खेल स्टेडियम मध्ये एक भएको छ ।

बर्नाबेउ लगभग ३५ वर्षसम्म म्याड्रिडको अध्यक्ष थिए, त्यो अवधिमा क्लबले छ युरोपेली कप, १६ लिग उपाधि, छवटा स्पेनिस कप र अन्य धेरै ट्रफीहरू जिटेको थियो । उनले सन् १९५८ मा म्युनिख हवाई दुर्घटनापछि म्यानचेस्टर युनाइटेडलाई आफ्नो टोली पुनर्निर्माण गर्न मद्दत गरेको बताइन्छ । 

रियल म्याड्रिडले भने यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै