• २०८१ पौष ११ बिहीबार

बाजुराको उच्च हिमाली क्षेत्रमा हिमपात

kharibot

बाजुरा । बाजुराको उच्च हिमाली क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात सुरु भएको छ ।

सोमबार साँझदेखि सुरु भएको बदली आज बिहानै देखि वर्षा सँगै हिमपातमा परिणत भएको हो । मङ्गलवार बिहानसम्म जिल्लाको हिमाली क्षेत्र र ९ ओटै स्थानीय पालिकाका उच्च लेकाली भेगमा हिउँ जम्न सुरु भैसकेको छ ।

वर्षा सँगै हिमपात सुरु भएपछि स्थानीय कृषक भने बाली राम्रो हुने भन्दै उत्साहित भएका छन् भने चिसोले जनजीवन भने निकै प्रभावित भएको छ। हिमपातले गहुँ, जौ ,उवा र हिउँदे तरकारी खेती राम्रो हुने किसानले विश्वास लिएका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै