• २०८१ पौष १२ शुक्रबार

अर्थ समितिबाट पारित भयो सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक

kharibot

काठमाडौं । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट पारित भएको छ ।

आज बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकले सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरेको हो ।

समिति सभापति सन्तोष चालिसेले भैँसी, बाख्रा किनबेचदेखि अन्य प्रकारका साना र घरायसी कारोबारलाई समेत सुरक्षित बनाउने गरी ऐन पास भएको बताए ।

ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीलाई पनि फाइदा पुग्ने उनको भनाइ छ । अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेस गर्ने तयारी समितिको रहेको सभापति चालिसेले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै