काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति डीपी अर्याल बनेका छन्।
रास्वपाको सोमबार बसेको बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापति तोकेको हो ।
सरकारी वकिल कार्यालय कास्कीले आइतबार लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि रास्वपाले अर्याललाई कार्यबाहक सभापति तोकेको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो ।