• २०८१ पौष २९ सोमबार

निकोलस भुसाल पक्राउ

kharibot

काठमाडौँ । कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार साँझ काठमाडौंको थलीबाट पक्राउ गरेको हो ।

भुसालले प्रहरीको सिसिटिभीमा देखिएको लामिछानेको तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्वीकार गरेका छन् ।

गत शनिबार लामिछानेलाई भेट्न जाने क्रममा प्रहरीकै सिसिटिभीमा सुतिरहेको देखेपछि आफूले तस्बिर खिचेको बताएका थिए । उनले फेसबुक लाइभ मार्फत भनेका थिए- 'मैले प्रहरीकै सिसिटिभीमा देखेर फोटो खिचेको हुँ। त्यतिबेला कसैले केही भनेन । गल्ती भयो ।'

भुसालले तस्बिर फेसबुकमा पोस्ट गरेपछि रास्वपाका कार्यकर्ताले त्यसलाई भाइरल बनाएको दाबी गरेका छन् । 

कास्की प्रहरीले लामिछाने पक्राउ परेपछि कार्यालयमा मोबाइल लैजान रोक लगाएको भए पनि भुसालले मोबाइल गेटभित्र लैजान सफल भएका थिए ।

फोटो सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले घटनाको छानबिन गर्न निर्देशन दिएका थिए । त्यसपछि कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको कदमले साइबर कानुनको उल्लंघन गरेको जनाएको थियो । पक्राउ परेका भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै