काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साध्न गरिएको पक्राउ स्वीकार नभएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता कोइरलाले गृहमन्त्री रवि लामिछाने आफु दोहोरो पासपोर्ट लिंदै हिंड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानविन हुन नदिने तर ३ दशकदेखि सुचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य नभएको बताएका हुन् ।
उनले भनेका छन्-
आफु दोहोरो पासपोर्ट लिंदै हिंड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानविन हुन नदिने तर ३ दशकदेखि सुचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन । प्रहरीले सही र गलत छुट्याँउनेमा विश्वस्त छु ।