• २०८१ मङ्सिर २० बिहीबार

आइपिएल अक्सनमा ऋषव र श्रेयसको किर्तिमान

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिगको २०२५ को लागि खेलाडीको मेगा अक्सन शुरु भएको छ । आइपिएलको मेगा अक्सन यस पटक साउदी अरबको शहर जेद्दामा आज र भोलि दुई दिन हुदै छ ।

अक्सनमा भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषव पन्त आइपिएलको अक्सन इतिहासमा अहिलेसम्मकै महंगो खेलाडी बनेका छन् । उनलाई लखनउ सुपरजाइन्टले २७ करोड भारुमा किनेको छ । त्यस्तै यस अक्सनमा भारतीय खेलाडी श्रेयस अय्यरलाई पञ्जाव किंग्सले २६ करोड ७५ लाखमा किनेको छ । 

यस अघिको आइपिएलका लागि भएको अक्सनमा कोलकोताले अस्ट्रेलियाका बलर मिचेल स्टार्कलाई २४ करोड ७५ लाखमा किनेको थियो ।  

अहिलेसम्मको अक्सनमा बिक्री भएका खेलाडी:

ऋषभ पन्त (भारत): २७ करोड भारु- लखनउ सुपरजाइन्ट 

श्रेयस अय्यर (भारत):  २६.७५ करोड भारु- पञ्जाव किंग्स  

अर्शदीप सिंह (भारत): १८ करोड भारु- पञ्जाव किंग्स  

युजवेन्द्र चहल (अस्ट्रेलिया): १८ करोड- पञ्जाव किंग्स  

जोस बटलर (इङ्ल्यान्ड): १५.७५ करोड- गुजरात टाइटन्स 

केएल राहुल (भारत): १४ करोड दिल्ली क्यापिटल्स  

मोहम्मद सिराज (भारत): १२.२५ करोड- गुजरात टाइटन्स 

मिचेल स्टार्क (अस्ट्रेलिया): ११.७५ करोड- दिल्ली क्यापिटल्स 

कागिसो रबाडा (दक्षिण अफ्रीका): १०.७५ करोड गुजरात टाइटन्स 

मोहम्मद शामी (भारत): १० करोड सनराइजर्स हैदरावाद 

लियम लिभिङस्टोन (इङल्याण्ड): ८.७५ करोड रोयल च्यालेंजर्स बैन्ग्लुरु 

डेभिड मिलर (दक्षिण अफ्रीका): ७.५ करोड- लखनउ सुपर जाइन्ट

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै