• २०८१ असार ९ आइतबार

कैलाश सिरोहियालाई थप दिन हिरासतमा राख्न अनुमति

kharibot

काठमाडौं  । कान्तिपुर मिडियाका अधय्क्ष कैलाश सिरोहियालाई अदालतले तेस्रो पटक तीन दिनको म्याद थप गरको छ ।

धनुषा जिल्ला अदालतले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सिरोहिया गत मंगलबारदेखि प्रहरीको हिरासतमा रहेका छन् । नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिरासतमा रहेको बेला अस्वस्थ बनेपछि जनकपुरस्थित काव्या अस्पतालमा उपचार गराइरहेका छन् । 

गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर पुर्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै