• २०८१ मङ्सिर २० बिहीबार

ट्रम्पको कार्यकाल छल्न चाहनेका लागि क्रुज कम्पनीले ल्यायो चार बर्षे टूर प्याकेज

kharibot

काठमाडौँ । अमेरिका डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल राष्ट्रपति पदमा निर्वाचित भएपछि अनेकौं खबर आइरहेका छन् ।

रिपब्लिकन पार्टीले यस निर्वाचनमा ऐतिहासिक जित हासिल गर्दै राष्ट्रपतिसहित सिनेट र हाउस अफ रेप्रिजेनटेटिभ दुवैमा बहुमत हासिल गरेको छ । डेमोक्रेटिक पार्टी सत्ताबाट पूर्ण रुपमा बाहिरिएको छ र आगामी चार बर्ष ट्रम्पबाट शासित हुनुपर्ने अवस्था बनेको छ ।

यसैबीच एउटा क्रुज कम्पनीले अमेरिकीहरूलाई ह्वाइट हाउसमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालबाट चार वर्षसम्म छुटकारा दिने प्रस्ताव गरेको छ । फ्लोरिडामा धारित क्रूज कम्पनी भिल्ला भि रेसिडेन्सेसले ट्रम्पको चार बर्षे कार्यकाल छल्नका लागि चार बर्षे प्याकेजको घोषणा गरेको छ । 'टुर ला भि' कार्यक्रम सुरुवातको घोषणा गर्दै कम्पनि यात्रुहरूलाई १४० भन्दा बढी देशहरूमा चार वर्षसम्म बिताउन अनुमति दिँने र संयुक्त राज्य अमेरिकाबाट टाढा रहन सकिने अफर सार्बजनिक गरेको छ ।

टुर ला भी यात्राले 'भिल्ला भी ओडीसे' मा एक वर्षको 'एस्केप फ्रम रियालिटी' क्रूज, दुई वर्षको 'मिड-टर्म सिलेक्शन' क्रूज, तीन-वर्षको 'एभर्वेयर बट होम' सहित विभिन्न प्रकारका विस्तारित बसाइहरूको विकल्प दिएको छ ।  न्यूजवीकसँग कम्पनीका सीईओ मिकेल पेटर्सनले आफुहरुलाई कसले जित्छ भनेर थाहा नभएपनि जसले जितेपनि आधा जनसंख्या निराश हुने अनुमान गर्दै यो अफर लिएर आएको बताएका छन् । 

यस टूरको शुल्कभने एक बर्षका लागि  ४० हजार डलरबाट शुरु रहेको छ । त्यस्तै एक जनाको लागि क्याबिन लिएमा चार बर्षको लागि २ लाख ५६ हजार डलर रहेको छ भने डबल क्यबिनका लागि ३ लाख २० हजार रहेको जानकारी दिएको छ । यस शुल्कमा सबै प्रकारका खाना, इन्टरनेट र मेडिकल सुबिधा पनि समावेश रहेको बताइएको छ । 

साथै सोहि शुल्कमा हाउस किपिङ हरेक साता र कपडा धुने सुबिधा १५ दिनमा एक पटक समावेश रहेको बताइएको छ । त्यस्तै टूरका क्रममा अल्कोहल डिनरको समयमा मात्र उपलब्ध हुने जानकारी दिइएको छ ।   

यात्रुहरुले एक महिना क्यारेबियन समुन्द्रमा बिताउन पाउने छन् भने दुई पनामा नहर ट्रान्जिट, दुई वटा विश्वका आश्चर्य, चिली फजोर्ड्स, अन्टार्कटिक सेल-बाई, रियोमा कार्निभल र चार महिनाको दक्षिण अमेरिकाको यात्रा गर्ने अवसर पाउने छन् भने आठ दिन अमेजन नदीमा बिताउन पाइने उल्लेख छ ।

यस यात्रामा जाने अमेरिकी नागरिकका लागि २०२६ मा हुने अमेरिकी मिडटर्म निर्वाचन र २०२८ मा हुने राष्ट्रपति निर्वाचनमा मतदान गर्ने व्यवस्था समेत गरिएको छ । 

नोभेम्बर ७ मा यो अभियान घोषणा गरेपछि ठुलो मात्रामा यात्रुहरुले जाने चाहना व्यक्त गरेको कम्पनिले जनाएको छ । कम्पनिले ६०० यात्रु रहेको भिल्ला भिई ओडिसीले भर्खरै विश्वभर आफ्नो १५ वर्षको भ्रमणको दोस्रो महिनामा प्रवेश गरेको छ । जहाजले सबै सात महादेश, १३ विश्व आश्चर्य र १०० भन्दा बढी उष्णकटिबंधीय टापुहरूको भ्रमण गर्ने कम्पनीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै