• २०८१ असार ९ आइतबार

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

kharibot

धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजीरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरुमाथि अनुसन्धान सुरु भएको छ ।

प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न कर्मचारीहरूको खोजी सुरु गरेको छ ।

सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय