• २०८१ मङ्सिर २० बिहीबार

न्यायाधीशलाई लामिछानेको आग्रह- श्रीमान मकतै भाग्दिनँ, धरौटीमा छोडिदिनुस् !

kharibot

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश भिमलाल बेल्बासेको इजलासले लामिछानेलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

आइतबार अदालतमा लामिछानेले न्यायाधीशलाई धरौटीमा छाडिदिन आग्रह गरेका थिए । उनले भनेका थिए- 'श्रीमान मकतै भाग्दिनँ, अदालतलाई सहयोग गर्छु, म कतै जाने पनि होइन । धरौटीमा छोडिदिनुस् ।'

लामिछानेको आग्रहमा न्यायाधीश बेलवासेले  उनीविरुद्ध अन्य ठाउमा पनि उजुरी परेकाले कास्की अदालतले छाडेपनि फेरि पक्राउ पर्ने जानकारी गराएका थिए ।

लामिछानेमाथि आज पाँचो पटक म्याद थपिएको हो ।  यस अघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो । त्यसपछि कार्तिक २५ गते १३ दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै