• २०८१ मङ्सिर २० बिहीबार

पाकिस्तानमा पिटीआईको प्रदर्शन स्थगित

kharibot

काठमाडौँ । पाकिस्तानमा चलिरहेको इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को विरोध प्रदर्शन स्थगित भएको छ । गएराती सुरक्षा बलहरूले ठूलो कारबाही गरेपछि पीटीआईले आफ्नो प्रदर्शन स्थगित गरेको बताएको छ ।

पीटीआईका समर्थकहरू नोभेम्बर २४ गतेदेखि आन्दोलित भएका थिए । पार्टीले मंगलबार राति भएको कारबाहीलाई ‘फासिस्ट सैन्य शासन’ अन्तर्गतको नरसंहारको संज्ञा दिएको छ । प्रदर्शन समाप्त भएपछि पार्टीले इमरानको निर्देशनमा थप कारबाही घोषणा गरिने जनाएको छ ।

यस आन्दोलनमा संलग्न झण्डै ४५० प्रदर्शनकारीलाई पक्राउ गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । पीटीआईले भने सुरक्षा बलहरूले प्रदर्शनकारीहरूमाथि गरेको हिंसात्मक हमला भएको बताएको छ ।

यसअघि मंगलबार साँझ, पीटीआई समर्थकहरूले कानून प्रवर्तन एजेन्सीहरूसँग झडप गरे र डी-चोकमा धर्ना दिन सफल भएका थिए । प्रहरी र समर्थकबीच झडप हुँदा ६ सुरक्षाकर्मीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

मध्यरात करिब प्रहरी र रेन्जरले ब्लु एरिया व्यवसायिक क्षेत्र खाली गर्न अभियान चलाएपछि बिबी र गण्डापुरसहित आन्दोलनकारीहरु पनि छाड्न बाध्य भएका थिए । साथै, पीटीआई नेताहरूलाई पक्राउ गर्न सरकारले विशेष टोली गठन गरेको छ ।

पूर्व प्रधानमन्त्री इमरान खानले नोभेम्बर २४ मा देशव्यापी विरोध प्रदर्शनको आह्वान गरेका थिए, जसले सरकारको लुटिएको जनादेश, मानिसहरूको अन्यायपूर्ण गिरफ्तारी र २६औं संशोधन पारित गरेकोमा निन्दा गरेका थिए। इस्लामावाद जाँदै गरेको र्‍यालीलाई रोक्ने क्रममा मंगलबारदेखि सुरु भएको झडपमा अहिलेसम्म ६ सुरक्षाकर्मीको मृत्यु भइसकेको छ । यस हिंसामा १०० भन्दा बढी सैनिक पनि घाइते भएको बताइएको छ । यस्तो अवस्थामा पाकिस्तान सरकारले अब इस्लामाबादमा सेना तैनाथ गरेको छ र बदमाशलाई देखेमा गोली हान्न आदेश दिएको छ ।

इमरान खानविरुद्ध सयभन्दा बढी मुद्दा छन् । इस्लामावादको स्थानीय अदालतले अगस्ट ५, २०२३ मा उनलाई तोशाखाना मुद्दामा दोषी ठहर गरेको थियो। त्यसपछि उनलाई इस्लामावादको जमान पार्कस्थित घरबाट पक्राउ गरी जेल पठाइएको थियो । त्यसपछि उनी थप दुई मुद्दामा दोषी ठहर भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै