• २०८१ असार ९ आइतबार

सिरोहियाको स्वास्थ्य ब्रिगियो, हेलीकप्टरबाट काठमाडौँ ल्याइयो

kharibot

काठमाडौं । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याईएको छ । 

सिरोहियाको मुटुको समस्या बढेपछि आज हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको हो । उनलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिदै छ । 

नागरिकता किर्ते कसुरमा उनी काठमाडौंस्थित् कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ परेका उनलाई गत मंगलबार राति धनुषा लगिएको थियो ।

अदालतले पटक पटक म्याद थपेर प्रहरीलाई अनुसन्धानको लागि अनुमति दिँदै आएको छ । उनलाई अहिलेसम्म तीन पटक ३-३ दिनको लागि म्याद थप गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै