• २०८१ जेठ ६ आइतबार

एप्पलको सबैभन्दा पातलो उपकरण आईप्याड प्रो लन्च

kharibot

काठमाडौँ । टेक कम्पनी एप्पलले ‘लेट लुज’ कार्यक्रममा आईप्याड एयर, आईप्याड प्रो, म्याजिक किबोर्ड र पेन्सिल प्रो ४ वटा डिभाइस सार्वजनिक गरेको छ ।

आईप्याड एयर र आईप्याड प्रो ११ इन्च र १३-इन्च डिस्प्ले विकल्पहरूसँग लन्च गरिएको छ । आइप्याड प्रो एप्पलको सबैभन्दा पातलो उपकरण हो ।

११ इन्चको डिस्प्ले भएको आईप्याड प्रोको मोटाई ५.३ एमएम (०.२१ इन्च) र १३ इन्चको डिस्प्लेको मोटाई ५.१ एमएम (०.२० इन्च) छ। यसमा कम्पनीले एम ४ चिपसेट दिएको छ । साथै, आईप्याड एयर एम२ चिपसेटको साथ लन्च गरिएको छ । 

आइप्याड एयर १२८ जीबी, २५६ जीबी र ५१२ जीबीमा उपलब्ध हुने एप्पलले जनाएको छ । कम्पनीले आईप्याड एयरमा १२ मेगापिक्सेलको मुख्य क्यामेरासँगै १२ मेगापिक्सेलको फ्रन्ट ल्यान्डस्केप क्यामेरा उपलब्ध गराएको छ । आईप्याड एयरमा एम२ चिपसेट दिइएको छ ।

यसअघि करिब ८ महिनाअघि कम्पनीले सेप्टेम्बर १२ मा आफ्नो 'वान्डरलस्ट इभेन्ट' मा आईफोन १५ सिरिज, वाच सिरिज ९ र वाच अल्ट्रा २ लन्च गरेको थियो। हरेक कार्यक्रममा केही फरक दिने प्रयासमा एप्पलले पहिलो पटक चार्जिङका लागि टाइप–सी पोर्ट उपलब्ध गराएको थियो । पहिले लाइटनिङ पोर्ट उपलब्ध थियो । 

आइफोन- १५ मा ४८-मेगापिक्सेलको मुख्य क्यामेरा, ए १६ बायोनिक चिप आईफोन १५ र १५ प्लसमा प्रदान गरिएको छ । कम्पनीले आईफोन १५ प्रो र प्रो म्याक्समा ए१७ प्रो चिप उपलब्ध गराएको छ । प्रो मोडलको शरीरमा टाइटेनियम प्रयोग गरिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै