• २०८० फाल्गुण २० आइतबार

राष्ट्रपति पौडेलद्वारा गायिका मेनुकाको सम्मान

kharibot

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् ।

राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन् ।

राष्ट्रपति पौडेलले  मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए । उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै